images
images
  • साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं-  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

    उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ८ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गोरखा न.पा ६ मा आवेदन दिन सकिनेछ ।

    साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images