images
images
  • नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला, साउन १५ गतेसम्म आवेदन

    काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनीले सोमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ।

    यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ।

    लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन्। यता,आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल,काठमाडौँ पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ। साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images