काठमाडौं– वित्तीय क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड दिएको हो।
आईक्यानबाट बैंक लगातार चौथोपटक पुरस्कृत भएको हो। आईक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथग्रहण समारोहमा अर्थमन्त्री डा.प्रकाशशरण महतले अवार्ड प्रदान गरेका थिए।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटीएम प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















