images
images
  • मुक्तिनाथ बैंकलाई उत्कृष्ट प्रतिवेदन ‘अवार्ड’

    काठमाडौं- वित्तीय क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिएको छ ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड दिएको हो ।

    आईक्यानबाट बैंक लगातार चौथोपटक पुरस्कृत भएको हो । आईक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथग्रहण समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अवार्ड प्रदान गरेका थिए ।

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटीएम प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images