इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल एक आपसमा ठोक्किदा ३० जनाको मृत्यु भएको छ ।
सोमबार बिहानै डहरकी क्षेत्रको नजिकै सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको रेल ठोक्किएर भयानक दुर्घटना भएको हो । यात्रुवाहक दुईवटा रेल एकापसमा जुध्दा ३० जनाको मृत्यु भएको छ भने ५० घाइते घाइते भएको अधिकारीहरुले बताएका छन् ।
घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ भने अवस्था अत्यन्तै गम्भिर रहेको बताइएको छ । दुर्घटनामा आठवटा डिब्बा ध्वस्त भएको कारण फसेका यात्रुहरुलाई निकाल्न कठिनाइ भएको जनाइएको छ ।
सोमबार कराँचीबाट आइरहेको रेल लिकबाट बाहिरिएको थियो । लगत्तै रावलपिण्डीबाट आइरहेको रेल त्यसमा ठोकिएको हो । के कारणले रेल सडकबाट बाहिरियो भन्ने पत्ता नलागेको बताइएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्