images
images
  • मौद्रिक नीतिसँगै सेयर बजारमा उत्साह, ६३.२४ अंकले बढ्यो नेप्से

    काठमाडौं- मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ ।  नेपाल राष्ट्र बैंकले सेयर बजारमा पुनरवलोकनको नीति ल्याएपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमापक नेप्से परिसूचक २.९२ प्रतिशतले बढेको छ । आज नेप्सले ६३.२४ अंकले बढेर २२२७.१६ को बिन्दुमा पुगेको छ ।

    आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरवलोकन गर्ने जनाएको थियो ।

    आज कारोबार रकम पनि बढेको छ । आज २६६ धितोपत्रको एक करोड २० लाख दुई हजार ३०८ कित्ता सेयर चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँमा कारोबार भएको छ ।

    अघिल्लो दिन (बिहीबार) तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा किनबेच भएको छ । आज १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली दिएको छ । आज सबैभन्दा धेरै बैंकिङ उपसमूहको समूहगत सूचक ४.९८ प्रतिशतले बढेको छ ।

    आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ४.९८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकिङ समूह ४.७८ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ४.१० प्रतिशतले बढेको छ । अन्य उपसूचकहरु १ प्रतिशतदेखि ३ प्रतिशतसम्मले बढेका छन् ।

    आज किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य दर्जन बढी कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images