images
images
  • ७ वटा घरमा आगजनी गर्ने १० जना प्रहरी नियन्त्रणमा

    काठमाडौं– जुम्लाको गुठीचौर गाउँपालिका ४ का ७ वटा घरमा आगजनी गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शुक्रवार राति गाउँपालिकाका विभिन्न ठाउँमा आगजनी गरेको आशङ्कामा १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

    पालिकाको धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images