images
images
  • कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले सांसद पद गुमाए

    काठमाडौं- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रभावशाली नेता राजकुमार शर्माको प्रदेशसभा सदस्य पद रिक्त भएको छ।

    नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले बुधबार एक सूचना जारी गर्दै उनको पद रिक्त भएको औपचारिक जानकारी दिएको हो।

    नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालय, सुर्खेतले गत माघ २८ गते शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र सचिवालयमा दर्ता गराएको थियो।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको हो।

    पार्टीका केन्द्रीय सदस्य तथा संसदीय दलका सदस्यसमेत रहेका शर्मामाथि पार्टी अनुशासन र नीति विपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको बुझिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images