images
images
  • कर्णाली प्रदेश : कालिकोट र जुम्लामा मत गणना सुरु, अन्य क्षेत्रमा के-के हुँदैछ ?

    काठमाडौं- १० वटा जिल्ला रहेको कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमध्ये कालिकोट बाहेक अन्य क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन ।

    कालिकोटमा बिहानैदेखि सुरु भएको मतगणना अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।

    पछिल्लो अपडेट अनुसार, शाहीले २८६५ मत पाएका छन् भने कांग्रेसका हर्ष बहादुर बमले २०८९ र एमालेका नगिन्द्र शाहीले १८९५, माओवादीका खड्ग बहादुर विश्वकर्माले चौथो छन् ।

    यस्तै जुम्लामा भर्खरै मतगणना सुरु भएको छ ।

    अन्य जिल्ला तथा निर्वाचन क्षेत्रहरूमा भने मतगणना सुरु हुन सकेको छैन । दुई वटा निर्वाचन रहेको सुर्खेतमा बिहान १० बजेपछि मात्रै मतगणना हुनेगरि तयारी भइरहेको बताइएको छ ।

    यस्तै अन्य पहाडी जिल्लाहरुमा पनि मतगणना सुरु हुन सकेको छैन । कतै सर्वदलीय बैठक बसिरहेका छन् भने कतै मतगणना सुरु हुनै लागेको छ ।

    हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा पनि मतपेटिका संकलन हुँदैछ ।

    त्यहाँ हेलिकप्टरबाट संकलन गर्नुपर्ने हुँदा दिउँसो १ बजेपछि मात्रै मतगणना हुन सक्ने त्यहाँका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images