काठमाडौं– गायक प्रकाश सपूतको गीत ‘दमाई महाराज’ सार्वजनिक भएको चौबीस घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । हिजो साँझ ५ः५५ बजे सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको हो ।
चौबीस घण्टा नपुग्दै गीत युट्युबमा १३ लाखभन्दा धेरैले हेरिसकेका छन् ।
स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा महिला भोकलमा शान्तिश्री परियारले साथ दिएकी छन् । म्युजिक भिडियोको निर्देशन पनि सपूतकै रहेको छ ।
भजन शैलीमा ल्याइएको गीत जातीय विभेदविरुद्ध रहेको छ ।
गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपूतले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, “यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ । भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ ।”
सपूतले वि.सं. २०८० सालमा जातीय विभेदविरुद्धका सिर्जना ल्याउने बताएका छन् । यसको सुरुआत उनले ‘दमाई महाराज’बाट गरेका छन् ।




















