images
images
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ५०० रुपैयाँ बढेसँगै चर्को मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार भने घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख १२ जार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १३ हजार ६०० रुपैयाँ रहेको थियो ।

    यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन ५ रुपैयाँले वृद्धि भएसँगै १ हजार ४९५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँ घटेर १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images