images
images
  • सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्बभन्दा बढी

    काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ ।

    आज नेप्से १.३१ प्रतिशतले घटेर २१६३.९२ को बिन्दुमा झरेको छ । आज २६४ धितोपत्र कम्पनीको चार लाख २४ हजार १० कित्ता सेयर तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा किनबेच भएको छ ।

    यसदिन सेन्सेटिभ इन्डेक्स भने ०.०१ प्रतिशतले बढेर ४१०.५२ को बिन्दु कायम भएको छ । आज १३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । भने आठवटा उपसमूहको समूहगत सूचक घटेको छ ।

    विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फन्ड र कुमारी इक्वीटी फन्डको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images