नबिल पहिलो
काठमाडौं- आर्थिक वर्ष २०७९/८१ को ११ महिना (साउन देखि जेठ) सम्ममा नेपालका वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन्।
राष्ट्र बैंकले प्रकाशन गरेको बैंक तथा वित्तीय संस्था तथ्याङ्क अनुसार यस अवधिसम्म नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। नबिलले ७ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। नबिलपछि दोस्रो नम्बर बढी मुनाफा गर्नेमा ग्लोबल आइएमई बैंक छ। यस बैंकले ६ अर्ब ५० करोड नाफा गरेको छ।
लामो समयदेखि तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंक चौथो स्थानमा झरेको छ। एनआईसी एसिया बैंकलाई उछिन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा उक्लिएको हो। बैंकले यस अवधिमा ४ अर्ब ७६ करोड नाफा गर्न सफल भएको छ।
एनआईसी एसियाले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकभन्दा १३ करोड कम नाफा गर्दै कुल ४ अर्ब ६३ करोड खुद नाफा गरेको छ। यस्तै सरकारी बैंकहरुमध्ये बढी नाफा गर्न सफल भएको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड नाफा गरेको छ।
यस्तै एनएमबी बैंकले ३ अर्ब ३३ करोड, हिमालयन बैंकले ३ अर्ब ३० करोड, प्राइम बैंकले ३ अर्ब २१ करोड, स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ११ करोड नाफा कमाएको छ।
नेपाल बैंक लिमिटेडले ३ अर्ब ७ करोड, एभरेस्ट बैंकले ३ अर्ब ६ करोड, कुमारी बैंकले २ अर्ब ९६ करोड, प्रभु बैंकले २ अर्ब ९० करोड नाफा कमाएको छ। सानिमा बैंकले २ अर्ब २६ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड,नेपाल एसबिआई बैंकले २ अर्ब करोड, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले १ अर्ब ६८ करोड नाफा कमाएका छन्।
सबैभन्दा कम नाफा गर्नेमा कृषि विकास बैंक बनेको छ। कृषि विकास बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ। यस अविधसम्ममा लक्ष्मी बैंकले १ अर्ब ६८ करोड र सनराइज बैंकले उक्त विवरण लक्ष्मी र सनराइज बैंक मर्जर नसकिएको अवधिको भएकाले दुवै बैंकको छुट्टाछुट्टै वित्तीय विवरण प्रकाशन गरेको हो।
गत असार २९ गते दुवै बैंकको मर्जर सम्वन्धि प्रकृया सकिएर एकीकृत कारोबार सुरु भइसकेको छ। मर्जर पश्चत बनेको बैंकको नाम लक्ष्मी सनराइज बैंक राखिएको छ। उक्त दुई बैंक मर्ज भएपश्चत नेपालमा अब वाणिज्य बैंकहरुको संख्या २७ बाट घटेर २० कायम भएको छ।


विश्व खबर 

















