images
images
  • दोहोरो अंकल बढ्यो नेप्से, ३ अर्ब ३४ करोडको कारोबार

    काठमाडौं- सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ११ .१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको छ।

    यसदिन २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भयो। आज ५१ हजार ४४५ पटक सेयर कारोबार भयो।

    दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बीपीडब्लू लघुवित्त वित्तीय संस्थाक मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    एनआईबीएल समृद्धि फन्ड -२ को सेयर मूल्य ९.६४ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो।

    सो कम्पनीको २३ करोड ५७ लाख ४५ हजार मूल्य बराबरको सेयर खरिदबिक्री भयो। यसैगरी एनआईसी एसिया बैंकको १४ करोड र शिवम् सिमेन्टको १४ करोड मूल्य बराको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक बढ्यो । ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ४.८३ प्रतिशतले बढ्यो। ७३ कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घट्यो। १३ कम्पनीको मूल्य भने स्थिर रह्यो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images