images
images
  • धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना, ७ जना घाइते

    काठमाडौं- काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ ।

    साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बस खसेको बनेपा प्रहरीले जनाएको छ ।

    बा. ४ ख ९३९६ नम्बरको बस सडकबाट खस्दा ७ जना घाइते भएको भक्तपुर प्रहरी प्रमुख प्रजित केसीले  बताए । घाइतेको अवस्था सामान्य छ ।

    ‘सबैको उद्धार भइसकेको छ । चिन्ताजनक अवस्था कसैको छैन’, उनले भने ।

    दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याइएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images