images
images
  • भारतमा संक्रमणदर ओरालोतिर सोमबार थपएि १ लाख ६३६ जना संक्रमित,मृत्यु कति ?


    दिल्ली । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।कोभिड-१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो ।

    पछिल्लो २४ घण्टामा २ हजार ४२७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७४ हजार ३९९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    भारतमा अहिलेसम्म कोनाभाइरस संक्रमितको संख्या २ करोड ८९ लाख भन्दा बढी छन् भने अहिलेसम्म २ करोड ७१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ कुल ३ लाख ४९ हजार १८६ जनाले ज्यान गुमाइसकेका छन् भने १४ लाख १ हजार ६०९ जना संक्रिय संक्रमित रहेको तथ्याकंले जनाएको छ । विगत केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images