images
images
  • प्राइम बैंकको साढे १३ लाख कित्ता संस्थापक सेयर बोलकबोलमा

    काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापकले बिक्री गर्न खोजेको सेयर बोलकबोलमार्फत बेच्ने भएको छ।

    बैंकले १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर मूल्य बढाबढ (बोलकबोल) गरि बिक्री गर्ने भएको हो।

    सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुसहित योग्य व्यक्ति/कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। आवेदन मंगलबारदेखि १५ दिनभित्र (साउन ३–१७ गतेसम्म) बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

    नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथामिकता संस्थापक सेयरधनीहरुलाई नै दिदै बैंकले ३५ दिने सार्वजनिक सूचना निकालेको थियो। उक्त समय सम्म संस्थापकहरुबाट पर्याप्त आवेदन नपरेपछि बैंकले संस्थापकसहित अन्य लगानीकर्ताहरुका लागि सेयर बिक्री खुलाएको हो।

    बैंकले सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकेको छ। आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्ने उल्लेख छ। कम मूल्यमा आवेदन पेस गरे स्वतः रद्द हुने उल्लेख छ।

    आवेदन न्यूनतम १ हजार कित्ताका लागि दिनु पर्नेछ। अधिकतमका लागि कुनै हद नलाग्ने बैंकले जनाएको छ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images