images
images
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं– बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको हो । मंगलबार (हिजो) नेपाली बजारमा प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेको हो ।

    यस्तै आज चाँदीको मूल्य पनि हिजोको तुलनामा १० रुपैयाँले उकालो लागेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार (हिजो) चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images