images
images
  • काठमाडौंको फोहोर बञ्चरेडाँडाका स्थानीयले फाल्न दिएनन्, भोलिदेखि नउठ्ने

    काठमाडौं– बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा मंगलबार (आज) पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।

    बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबार (हिजो) देखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

    संघका अनुसार सोमबार (हिजो) ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको थियो । तर, मंगलबार (आज) फोहोर बोकेको गाडी काठमाडौंबाट नै नगएको हो । काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने गरेको महानगरले जनाएको छ ।

    साथै अवरोधका कारण बुधबार (भोली) देखि काठमाडौंको फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images