काठमाडौं– मंगलबार (आज) नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार (हिजो) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघले आज हिजोकै मूल्यमा चाँदीको कारोबार भइरहेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















