images
images
  • माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर

    काठमाडौं– आजदेखि लागू हुने गरी सबै बैंकले एक प्रतिशतसम्म ब्याजदर घटाएका छन् । सोही क्रममा माछापुच्छ्रे बैंकले आजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदरमा १० प्रतिशतभन्दा बढीले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अब बैंकमा सबै प्रकार व्यक्तिगत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ९ प्रतिशत मात्रै ब्याज पाउने छन् ।

    त्यस्तै संस्थागत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउने भएका छन् । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज दिने जनाएको छ ।

    बैंकले कर्जामा अधिकतम आधारदरमा ३ प्रतिशत प्रमियम लिने जनाएको छ ।

    फिक्स ब्याजदरको कर्जा योजना पनि बैंकले सार्वजनिक गरेको छ । जसअन्तर्गत पाँच वर्षसम्मको घरकर्जामा १२ प्रतिशत, ५ देखि १० वर्षसम्मको घर कर्जामा १३ प्रतिशत र १० वर्षभन्दा माथिको घर कर्जामा १४ प्रतिशत ब्याज लिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images