images
images
  • प्रतिनिधिसभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने तयारी

    काठमाडौं- प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    दफावार छलफल सकेर मिटरब्याजीसम्बन्धी कानुन बनाउन विधेयक आजै नै पारित गर्ने सत्तारुढ दलहरूको तयारी छ। शुक्रबारको बैठकमा कार्यसूचीमा नराखेपछि सरकारलाई एमाले र रास्वपाले तत्काल प्रक्रिया पुर्‍याएर संसदमा मिटरब्याज सम्बन्धी विधेयक पेश गर्न माग गरेका छन्।

    संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images