images
images
  • कुवेत जान लागेका ११७ श्रमिकलाई विमानस्थलबाटै फर्काइयो

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।

    विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । उनीहरुमध्ये करिब आधा महिला पनि छन् ।

    अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको हो ।

    वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमको विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images