images
images
  • सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर जितु नेपाल

    काठमाडौं-सिटी एक्सप्रेस मनी ट्रान्सफर ब्रान्ड एम्बेसेडर लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडी क्लबको निर्माता की इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौतामा हस्ताक्षर भएको छ।

    यस कार्यक्रमका मुख्य पात्रका रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की छन् भने कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भागमा देखिने छन्।

    सो कार्यक्रम चैत २ गते देखि नियमितरूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबका नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ। सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images