images
images
  • लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार २९ असारदेखि

    काठमाडौं- लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा मर्जरपछि असार २९ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् ।

    मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

    यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो ।

    असार २९ गतेदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते दुई दिन बन्द गर्ने जानकारी दिएका छन् ।

    मर्जरपछि लक्ष्मी सनराइज बैंकको केन्द्रीय कार्यालय हाल लक्ष्मी बैंक भएकै भवनमा रहने छ ।

    प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने अजय विक्रम शाह हुने भएका छन् । हाल उनी लक्ष्मी बैंकको सीईओ छन् ।

    अध्यक्षको भने टुङ्गो लागि नसकेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images