images
images
  • ललितानिवास जग्गा प्रकरणः थप दुईजना पक्राउ

    काठमाडौं- काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेल र सोही कार्यालयका तत्कालीन खरिदार नारायणदास मिश्रलाई नियन्त्रणमा लिइएको सीआईबीका डीएसपी दिनेश आचार्यले जानकारी दिए ।

    डीएसपी आचार्यका अनुसार पौडेल र मिश्रसहित ललितानिवास जग्गा प्रकरणमा हालसम्म १४ जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images