images
images
  • शेयर बजार स्थिर, ३ अर्ब ७९ करोडको कारोबार

    काठमाडौं- सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन आउँदा नेप्से करिब स्थिर देखिएको  छ  ।

    साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ०.८० अंकले घटेर बन्द भएको छ । परिसूचक ०.०४ प्रतिशतले घटेर २०७६.९६ विन्दुमा बन्द भएको हो ।

    आर्थिक वर्ष सकिन लाग्दा लगानीकर्ता पनि आफ्नो हिसाब मिलानमा लागेका छन् । आउँदो आर्थिक वर्षको मौद्रिक नीति समेत ल्याइने क्रममा छ । त्यसले गर्दा पनि लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ ।

    सोमबार तीन अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    यस दिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २९३ धितोपत्रका एक करोड ११ लाख ८२ हजार ३३५ कित्ता खरिद–बिक्री भएको छ ।

    कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

    सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह छ । यो समूहको परिसूचक २.७१ प्रतिशतले वृद्धि भएको छ ।

    सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.७२ प्रतिशतले घटेको छ ।

    रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ । सिटी होटेलको सेयर मूल्य ६.२६ प्रतिशतले घटेको छ ।

    सोल्टी होटेलको सर्वाधिक रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको ३३ करोड १२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images