काठमाडौं- नेपाल एसबीआई बैंकले ३०औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए । उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनूपर्नेमा पनि जोड दिए ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै निरन्तरता दिन आग्रह गरे ।
नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















