images
images
  • सुनको भाउँ बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले बढ्दै १ लाख १० हजार ७०० रुपैयाँ पुगेको छापावाला सुनको मूल्य शुक्रबार पुनः १०० रुपैयाँले घटेको हो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा १०० रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै शुक्रबार १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images