images
images
  • माण्डू हाइड्रोपावरको शेयर बिक्री

    काठमाडौं- माण्डू हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर बिक्री खुला गरेको छ।

    कम्पनीले असार २८ गतेदेखि साउन ११ गतेसम्म सेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीको सेयरमा न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

    कम्पनीको जारी पुँजी १ अर्ब ३६ करोड रुपैयाँ छ। यसको १२ प्रतिशत अर्थात १६ लाख ३६ हजार ३७० कित्ता सेयर रोजगारीमा गएका, प्रभावित र सर्वसाधारणलाई छुट्याइएको छ।

    कम्पनीको सेयरको अंकित मूल्य १०० रुपैयाँ छ। यसमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले जारी गर्न लागिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images