images
images
  • घोराही सिमेन्टको ‘आईपीओ’बारे धितोपत्र बोर्डले गर्‍यो ४ निर्णय

    काठमाडौं- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासन सम्बन्धमा गरेको छानबिन प्रतिवेदनअनुसार चारवटा निर्णय गरेको छ ।

    लगानीकर्ताको हित संरक्षणलाई मध्यनजर गर्दै सार्वजनिक निष्कासन स्थगित गरिएको कम्पनीमाथि जाँचबुझका लागि बोर्डले समिति गठन गरेको थियो । सो समितिले विभिन्न चार निर्णयसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

    प्रतिवेदनअनुसार केही लगानकर्ताले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोबारे थप छानबिन हुने भएको छ । यसका लागि नेपाल प्रहरीसमक्ष सिफारिस गरिएको छ ।

    यस्तै, निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको विषयमा पनि छानबिन हुने भएको छ ।

    यस्तो छ बोर्डको निर्णय :

    dh n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images