images
images
  • सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ।

    बैंकले संस्थापक लगानीकर्ता मध्येकी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा राखेको हो।

    बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार उक्त सेयर बिक्रीको पहिलो प्राथमिकता दिँदै संस्थापक सेयरधनीहरुका लागि गत जेठ १७ गतेबाट ३५ दिने सूचना जारी गरेको थियो। संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरेपछि बैंकले सेयर खरिदका लागि सर्वसाधारणलाई आवेदन खुला गरेको हो।

    सेयर खरिद गर्न इच्छुक कुनै पनि व्यक्ति तथा संस्थाले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

    आवेदन बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा बुझाउन सकिने जारी सूचनामा उल्लेख छ। उक्त संस्थापक सेयरको मूल्य बैंकले प्रति कित्ता १३५ रुपैयाँ तोकेको छ। खरिदमा इच्छुक आवेदकले उक्त मूल्यमा नघटाइ आफ्नो प्रस्ताव पेस गर्नुपर्ने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images