images
images
  • सुनचाँदीको भाउँ बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ बढेको छ ।

    मंगलबार प्रतितोला ४०० रुपियाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपियाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८५० रुपियाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपियाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपियाँमा कारोबार भएको थियो ।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images