राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले भन्यो – चुरे क्षेत्रबाट ढुंगा निकासी हुँदैन

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले भन्यो  – चुरे क्षेत्रबाट ढुंगा निकासी हुँदैन

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ २४ गते सोमबार १२:५३

काठमाडौं । राष्ट्रपति चुरे(तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी हुन नदिन प्रतिबद्ध रहेको जनाएको छ । सरकारले बजेट वक्तव्यमार्फत सो विषय समेटेको भन्दै आलोचना हुन थालेपछि समितिले यस्तो बताएको...

काठमाडौं । राष्ट्रपति चुरे(तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी हुन नदिन प्रतिबद्ध रहेको जनाएको छ । सरकारले बजेट वक्तव्यमार्फत सो विषय समेटेको भन्दै आलोचना हुन थालेपछि समितिले यस्तो बताएको हो ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आइतबार पत्रकार सम्मेलन गर्दै समिति चुरे, भावर, तराई–मधेशको संरक्षणप्रति संवेदनशील रहेको र चुरे क्षेत्रको दोहन नहुने बताएको छ । चुरे क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी निकासी गर्ने कुनै पनि कार्यक्रम नभएको समितिले पनि स्पष्ट पारेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यको बुँदा नं। १९९ मा भनिएको छ, ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

सो विषयवस्तु बजेटमा राखिएपछि राखिएको प्रति सरकारले चुरे दोहन गर्न लागेको भन्दै राजनीतिक वृत्तमा तीव्र आलोचना भएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा। किरण पौडेलले बजेट वक्तव्यको बुँदा नं। १९९ मा चुरेको सन्दर्भमा केही कुरा नलेखिएको बताउनुभयो । उहाँले चुरे, भावर, तराईका नदीबाट गिट्टी, ढुंगा, बालुवा उत्खनन् नगरिने उनले प्रष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव पे्रम नारायण पौडेलले चुरेबाट कुनै खानीजन्य, ढुंगाजन्य वस्तु निकाल्ने बजेट वक्तव्यको उद्देश्य नभएको बताउनुभयो । उहाँले चुरे क्षेत्रबाट उत्खनन नगरिनेमा विश्वस्त हुन आग्रहसमेत गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। कृष्णप्रसाद ओलीले बजेट वक्तव्यको बुँदा नं। १९९ चुरेसँग सम्बन्धित नभएको बताउनुभयो । सरकारले माथिल्लो पहाडी भेगमा रहेका स्रोतहरूलाई प्रयोग गर्न खोजेको उहाँको भनाइ छ ।

वर्तमान सरकारको उद्देश्य समृद्धि हासिल गर्ने भएकाले खानीको सम्बन्धमा देशका विभिन्न १४ वटा जिल्लामा विस्तृत अध्ययन थालिएको उहाँले जानकारीसमेत दिनुभयो ।

विस्तृत प्राविधिक अध्ययन सकेपछि वातावरणीय र सामाजिक पक्षको पनि अध्ययन गरिने र नेपालमा भएका स्रोतहरूको प्रयोगमार्फत देशलाई समृद्ध बनाउने उहाँले बताउनुभयो ।

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने पक्राउ

प्रहरीले चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पक्राउ गरेको छ । दोहनविरुद्ध विरोधमा उत्रिएका नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० का नौ जना नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै प्रदर्शन गरिरहेका उनीहरूलाई आइतबार गोंगबुबाट पक्राउ गरिएको हो । प्रदर्शनका क्रममा प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा उनीहरूले लगाएका थिए ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही, सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू हुनुहुन्छ ।

प्रकाशित मिति २०७८ जेठ २४ गते सोमबार १२:५३
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia