काठमाडौ.– गाजाको शिक्षा मन्त्रालयका उपसचिव खालिद अबु नादा र उनकी पत्नीको इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको छ ।
मध्य गाजाको देर अल–बलाहको पश्चिमी क्षेत्रमा रहेको एक आवासीय अपार्टमेन्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा मारिएका हुन् ।
यसअघि चिकित्सा स्रोत र घटनास्थलका संवाददाताले उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र अन्य केही व्यक्ति घाइते भएको पुष्टि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















