images
images
  • मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा

    काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन् ।

    पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी आज ती केन्द्रको अनुगमन गरेकी हुन् ।

    उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा छ ।

    अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेका थिए ।

    उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेकोमा मन्त्री चौधरीले जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images