images
images
  • अब  कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवामा रेमिट्यान्स पठाउन सकिने

    काठमाडौं-  कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनि ट्रान्सफरमा रेमिट्यान्स पठाउन सकिने भएको छ ।

    कुवेतमा रहेका अल मुजैनी एक्सचेन्जका ११८ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने भएको हो ।

    यसका लागि इसेवा मनि ट्रान्सफरले कुवेतको अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

    सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीले महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत सहरबाट सजिलै इसेवा मनि ट्रान्सफरका माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

    नेपालभर इसेवा मनि ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाका साथै इसेवा वालेटबाट सहजै पैसा पाउन सकिने कम्पनीले जनाएको छ ।

    पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनससमेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । इसेवा मनि ट्रान्सफरले विश्वका २०० भन्दा बढी देश एवं क्षेत्रबाट नेपालमा पैसा पठाउन सकिने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images