images
images
  • पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जनाको मृत्यु


    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।

    २४ घण्टामा ९९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ।

    हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेका छन्।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएका छन्। यसअघि शनिबार ८ हजार २ सय ४३ तथा शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images