images
images
  • प्रभु बैंकको ६ लाख संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- प्रभु बैंकको ६ लाख संस्थापक सेयर बिक्रीका लागि आएको छ।

    बैंकका विद्यमान संस्थापकले कुल ६ लाख एक हजार २३४ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन्।

    जसमध्ये कमल श्रेष्ठले साढे २ लाख कित्ता बेच्दैछन्। रमेशकुमार सरावगीले २ लाख १५ हजार ८५३ र सविता दलि जोशीले ७ हजार कित्ता बेच्दैछिन्। ग्लोबल आइएमई समुन्नत योजना १ ले पनि एक लाख २८ हजार ३८१ कित्ता बेच्दैछ।

    सेयर खरिद गर्न बैंकका कायम संस्थापकलाई प्राथमिकता दिएको छ। इच्छुकले ३५ दिन भित्रे कति कित्ता के मूल्यमा किन्ने हो निवेदन दिनुपर्छ। निवेदन बैंकको प्रधान कार्यलयमा बुझाउन आग्रह गरेको छ।

    तोकिएको म्यादसम्म पर्याप्त आवेदन नपाए आम व्यक्ति अथवा संस्थालाई बिक्री गर्ने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images