images
images
  • हिमालयन बैंकको २२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- हिमालयन बैंकको झन्डै २२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ।

    बैंकका कायम संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ८६ हजार ५७५ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन्।

    जसमध्ये १५ लाख ९० हजर कित्ता यशस्वीका इन्टरनेशनल प्राली एक्लैले बिक्री गर्दैछ। बाँकी व्यक्तिगत स्वामित्व बिक्रीमा राखिएको हो।

    सेयर खरिद गर्न बैंकका विद्यमान संस्थापकलाई प्राथमिकता दिइएको छ। सेयरको मूल्य भने तय गरिएको छैन। नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्लो पटक ३०० रुपैयाँका दरले बैंकको संस्थापक सेयर किनबेच भएको थियो।

    इच्छुकले ३५ दिनभित्र कति कित्ता के कति मूल्यमा किन्न चाहेको व्यहोरा खुलाइ निवेदन पेश गर्न आग्रह गरिएको हो। निवेदन बैंकको प्रधान कार्यलयमा निवेदन बुझाउनुपर्नेछ।

    तोकिएको म्यादसम्म संस्थापकबाट पर्याप्त आवेदन नआए आम व्यक्ति र कम्पनीलाई सेयर खरिद गर्ने आह्वान गरिने बैंकले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images