images
images
  • तोलामा ८०० ले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार

    काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (मंगलबार) १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

    यस्तैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images