images
images
  • सिटिजन्स बैंक र वेबोर होम अप्लायन्सबीच विशेष छुट सम्झौता

    काठमाडौं- सिटिजन्स बैंक र तिनकुने काठमाडौंस्थित वेबोर होम अप्लायन्स बीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिनेसम्बन्धी एक सम्झौता भएको छ।

    सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहकले वेबोर होम अप्लायन्समा २० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

    बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउने गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images