images
images
  • माछापुच्छ्रे बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

    काठमाडौं- माछापुच्छ्रे बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड, २०२३’ पाएको छ ।

    बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा योगदान पु¥याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड – म्यासिमाइजिङ कस्टोमर इङगेजमेन्ट जोल’ पुरस्कार प्राप्त गरेको हो ।

    बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल इन्डिया, बेङ्लोरले उक्त अवार्ड प्रदान गरेको हो ।

    पछिल्ला दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बताइएको छ ।

    इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरू विभिन्न विधाहरूमा मनोनयनमा परेका थिए ।

    माछापुच्छ्रे बैंकले हाल १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा र २०३ एटीएममार्फत सेवा दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images