काठमाडौं- आजबाट आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो चरणमा साधारण सेयर निष्कासन गरेको छ।
कम्पनीले प्रिमियम मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन तथा बिक्री खुलाएको हो।
कम्पनीको जारी पुँजी ४ अर्ब छ। कम्पनीले यसको कुल ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रकम बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।
उक्त सेयरमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्तामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउँछन्।
कम्पनीले सेयर प्रिमियम मूल्यमा बिक्री गर्न लागेको हो। अर्थात उक्त सेयर खरिद गर्ने लगानीकर्ताहरुले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रमियम मूल्य थप गरि २३६.९१ रुपैयाँका दरले आवेदन दिन सक्नेछन्।
नेपाल सरकारबाट श्रम स्वीकृति लिइ गएका नेपालीले उक्त सेयरमा शुक्रबारदेखि असार १ देखि १५ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।
आवेदन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि दिन पाइने छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैतसम्म यस कम्पनीको प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ छ। यस्तै प्रति सेयर आम्दानी ९.२१ रुपैयाँ छ। चैतसम्म कम्पनीले १ अर्ब २६ करोड खुद नाफा कमाएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स छ।


विश्व खबर 

















