images
images
  • तोलामा ८०० रुपैयाले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

    यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यो सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार तेजाबी सुन तोलाको एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images