काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार उक्त सुन तोलाको १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलाको १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















