images
images
  • ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाडौं- रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

    मुलुकभरी तथा संसारका २ सय बढी राष्ट्रहरुमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, इसेवा मनि ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको हो।

    सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।

    यस सम्झौता बमोजिम अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् । सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।

    ईसेवा मनि ट्रान्सफरकले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

    ईसेवा मनि ट्रान्सफरकले सेवाग्राहीहरुलाई आफ्ना १,७५००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

    सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images