काठमाडौं- सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएर १९८७.८७ विन्दुमा अडिएको छ।
२८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ४५ करोड ४३ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो।
आज १२६ कम्पनीको मूल्य घट्दा ८९ को बढ्यो भने बाँकी ८ को मूल्य स्थिर रह्यो।
सामान्य अंकले बढेको सेयर बजारमा ५ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
त्यस्तै, ८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, अभियान लघुवित्त र कालिन्चोक दर्शन लिमिटेडकोा १०%, भुगोल इनर्जी डेभलपमेन्टको ९.९९%, सिटी होटलको ९.९८% , चन्द्रगिरी हिल्स लिमिटेडको ९.९८ प्रतिशतले सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो होटलको १५ करोड बढिको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीको १० करोड र शिव श्री हाइड्रोपावरको ९ करोड मूल्य बढिको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य घट्यो भने बाँकी ६ को बढ्यो। बैंकिङ, होटल्स एन्ड टुरिजम,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो,माइक्रो फाइनान्स र अदर्श उपसमूहको सूचक बढ्दा बाँकी ७ को मूल्य घटेको हो।



विश्व खबर 

















