काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको स्पष्ट पारेका छन् ।
सोमबार बजेटबारे उठेका प्रश्नको प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै करको दरमा हेरफेर हुँदा कसैलाई पनि लक्षित गरेर नल्याएको बताएका हुन् ।
प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित छ ।’ नेपालमा भ्याट सङ्कुचन हुँदै गएको स्मरण गराउँदै भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको महतको भनाइ रहेको छ । उनले भने, ‘भ्याटलाई हरेक वर्ष हटाउँदै गयौँ, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभाव भयो, पुनः प्रवेश गराउने प्रयास गरेका छौँ ।’
उपभोग्य वस्तुमा कर लगाएको सन्दर्भमा यो आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको महतले भनाइ रहेको छ । एकातर्फ आलु र तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको महतको भनाइ रहेको छ । उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको र त्यसले नेपाली उद्योगलाई फाइदा पुग्ने महतको भनाइ रहेको छ ।


विश्व खबर 

















