काठमाडौं- सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि तरकारी तथा फलफूलको मूल्य बढेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्दै भ्याट छुट खारेज गरेसँगै अधिकांश तरकारी तथा फलफूलको मूल्य दोब्बर रुपैयाँले महँगिएको हो ।
जेठ १५ गते औसत मूल्य ३५ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य अहिले बजारमा प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको छ । तर, बजारमा प्याज अभाव भएको भन्दै समितिले जेठ २१ पछि प्याजको मुल्य तोकेको छैन ।
गत जेठ १५ गते रातो आलुको औसत मूल्य ३९।२० रुपैयाँ रहेकोमा जेठ २८ गते ४५।६७ रुपैयाँ, चमसुरको साग ९३ रुपैयाँबाट बढेर १०५ रुपैयाँ र पालुंगोको साग ९३ रुपैयाँबाट बढेर १०५ रुपैयाँ पुगेको छ ।
फलफूलको मूल्य पनि उच्च बढेको छ । जेठ १५ मा एभोकाडाको औसत मूल्य प्रतिकिलो ४५० रुपैयाँ रहेकोमा जेठ २८ गते ५५० रुपैयाँ पुगेको छ ।


विश्व खबर 

















